शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तान्डव’ माथि बबाल, सैफ करिनाको घरमा प्रहरी तैनाथ

सोमबार, ०५ माघ २०७७, ०८ : २१
सोमबार, ०५ माघ २०७७

सैफ अली खान स्टारर वेब सिरिज तान्डवको विषयमा बबाल मच्चिएको छ । बिजेपी सांसद राम कदमले सैफ अली खानमाथि निशाना साँध्दै आफू एकपटक हिन्दू भावनालाई चोट पुर्याइएको उक्त वेब सिरिजको हिस्सा बन्न चाहेको बताएका छन् । यो विवादलाई मद्देनजर गर्दै सैफ र करिना कपुरको घरमा प्रहरीको सुरक्षा प्रदान गरिएको छ । 

करिना र सैफको घर फर्च्युन हाइट्स बाहिर प्रहरीको कडा सुरक्षा लगाइएको छ । घरको चारैतिरका तस्बिर सार्वजनिक भएको छ जसमा चारैतिर प्रहरीको सुरक्षा देख्न सकिन्छ । 

स्मरण रहोस्, सैफ अली खान यतिबेला अन्य प्रोजेक्टको सुटिङको सिलसिलामा मुम्बईभन्दा बाहिर छन् । यसैबीच तान्डवको विषयमा भएको हंगामा कारण घर बाहिर प्रहरी तैनाथ गरिएको हो । 

सैफ अली खानबाहेक सिरिजका निर्देशक अली अब्बास जफर र नायक जिशान अयूबमा पनि बिजेपी सांसद राम कदमले निशाना साँधेका छन् । 

उनले भने, ‘अली अब्बास जफरलाई तान्डव सिरिजबाट भगवान शिवको मजाक बनाएको हिस्सा हटाउनुपर्ने हुन्छ ।’ सांसदले सिरिजमा आवश्यक परिवर्तन नगरिएसम्म तान्डव बाहिष्कार गरिने बताएका छन् । 

सिरिजमा सबैभन्दा बढी जिशान आयूबको एउटा भिडियो पनि सेयर गरिँदैछ जहाँ उनी भगवान शिव बनेर केही अभिनय गरिरहेका छन् । यो भिडियोमा जिशानले क्याम्पसका विद्यार्थीसँग स्वतन्त्रताको कुरा गरिरहेका छन् । सांसद राम कदमले अभिनेता जिशान अयूबसँग माफीको माग गरेका छन् । 

यस्तै, बिजेपी सांसद मनोज कोटकले पनि यो मामिलामा सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेका छन् । उनले तान्डव सिरिजमाथि एक्सन लिने माग गरेका छन् । कोटकका अनुसार तान्डवमा हिन्दू विरोधी सामग्री छ । यो सिरिजमा हिन्दू भावनालाई आहत गर्ने कोसिस भएको उनले बताएका छन् । 

सोसल मिडियामा एक तप्काले सिरिजविरुद्ध महौल बनाउन सुरु गरेका छन् । अली अब्बास जफरको यो सिरिजमा हिन्दू देवी–देवताको अपमान गरिएको र देशलाई बाँड्नेहरुको गुणगाण गरिएको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप