शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएन सेयर बजारको वृद्धि, परिसूचक २३ सय भन्दा माथि

आइतबार, ०४ माघ २०७७, १५ : ४०
आइतबार, ०४ माघ २०७७

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ले २ हजार ३ सयको बिन्दु पार गरेको छ । आइतबार नेप्से परिसूचक २८.४६ अंकले बढ्दा परिसूचक २ हजार ३ सय १८ दशमलव ६६ विन्दुमा पुगेको हो । यो सेयर बजारको इतिहासमा हालसम्मकै माथिल्लो विन्दु हो । 

आइतबार बजारमा ६ अर्ब ३७ करोड बराबरका १ लाख ५० हजार कित्ता सेयर कारोबार भएका छन् । कुल १७५ कम्पनीको कारोबारमा यो दिन १ सय १८ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आजको कारोबारमा हाइड्रोपावर बाहेक सबै उपसमूहमा सुधार देखिइएको छ । सल्ट ट्रेडिङ लगायतका १६ कम्पनीको मूल्यमा ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबैभन्दा धेरै गिरावट चाहिँ युनाइटेड फाइनान्सको ५.७१ प्रतिशत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप