शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तरवारले केक काट्दा विवाद, विजयले सामाजिक सञ्जालमार्फत मागे माफी

आइतबार, ०४ माघ २०७७, १५ : २०
आइतबार, ०४ माघ २०७७

मुम्बई । साउथ अभिनेता विजय सेतुपतिले १६ जनवरी अर्थात हिजो आफ्नो ४३ औं जन्मदिन सेलिब्रेसन गरेका छन् । यो अवसरमा फ्यान तथा आफन्तले उनलाई शुभकामना तथा बधाई समेत दिइरहेका छन् । विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको नयाँ फिल्मको सेटमा मनाएका थिए । जुन तस्बिरलाई लिएर विवाद श्रृजना भएपछि उनले माफी समेत मागेका छन् ।

फिल्म सेटमा उनले फिल्मका कलाकार र टिपको उपस्थितिमा जन्मदिनको केक काटेका थिए । सोही क्रममा उनले केक चक्क्ले नभएर तरवारले काटेका थिए । सोही कारणले उनी विवादमा समेत फसे । विवाद बढ्दै जान थालेपछि उनले ट्वीटरमार्फत माफी समेत मागेका छन् । ‘म सबै फिल्मका हस्ती तथा फ्यानलाई मनैबाट धन्यवाद दिन्छु । जसले मलाई जन्मदिनको शुभकामना तथा बधाई दिनुभएको छ ।’ उनले लेखेका छन्– ‘तीन दिन पहिले सोशल मिडियामा जन्मदिन मनाएको एक तस्बिर आएको थियो । जुन विवादमा समेत मुछियो ।’

‘तस्बिरमा म तलवारबाट केक काटिरहेको छु’ उनले अगाडि लेखेका छन् ‘म निर्देशक पोनरामको फिल्म अभिनय गरिरेहको छु । फिल्ममा तरवारको महत्वपूर्ण भूमिका छ ।’ उनले फिल्मका टिमसँग जन्मदिन मनाउदा केक काट्न त्यही तरवार प्रयोग गरेको समेत खुलाएका छन् ।

‘कयौं मानिसले यो नराम्रो उदाहरण भनेका छन् । अब भने म सावधान रहन्छु’ उनले अगाडि भनेका छन् ‘यदि यसले कसैलाई चोट पुगेको छ भने माफी माग्दछु र आफ्नो क्रियाकलाप प्रति पछुतो गर्दछु ।’ विजय पछिल्लो समय फिल्म ‘मास्टर’को कारणले चर्चामा छन् । फिल्ममा थालापति विजयको पनि मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप