सस्तोमा सामान डेलिभरी गर्ने भन्दै फेसबुकमा विज्ञापन गरेर ठग्ने पक्राउ
ललितपुर । प्रहरीले फेसबुकमा विज्ञापन गर्दै सस्तोमा समान विक्री गर्ने नाममा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उजुरीका आधारमा ठगीमा संलग्न प्रमोद साहलाई पर्साबाट र मेवालाल साह तेलीलाई काठमाडौबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्ने क्रमश २८ र ३९ वर्षका साह पर्सा निवासी हुन् ।
उनीहरुबारे जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले फेसबुकमा विभिन्न इलेक्ट्रोनिक समानहरु कम्प्युटर, मोवाइल, घडी, ल्यापटप क्यामेरा लगायतका सामान बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि फेसबुकमा विज्ञापन राखि विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम डिपोजित गर्न लगाउने र त्यसरी रकम जम्मा भएपछि सम्पर्कविहिन भइ समान समेत डेलिभरी नगर्ने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसक्रममा उनीहरुले एक करोड रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो