बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिमासँग विवाह गर्दै अभिनेता सुशील

आइतबार, ०४ माघ २०७७, १४ : ४१
आइतबार, ०४ माघ २०७७

काठमाडौं । अभिनेता सुशील सिटौला विवाह बन्धनमा बाँधिने भएका छन् । उनले दमककी प्रतिमा मैनालीसँग लगनगाँठो कस्न लागेका हुन् । प्रतिमासँग उनको इन्गेजमेन्ट गत पुस ४ गते भएको थियो । विवाहको मिति भने फागुन ४ गते तोकिएको छ । प्रतिमासँग पारिवारिक सहमतिमा परम्परागत रुपमा विवाह गर्न लागेको सुशीलले बताए ।

उमेर भएको र परिवारको पनि दवाब रहेकोले विवाह गर्न लागेको सुशीलले बताए । विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने सुनाए । फिल्म ‘होस्टेल रिर्टन्स’बाट अभिनयमा चर्चा कमाएका सुशीलको पछिल्लो फिल्म ‘रणवीर’ प्रदर्शनमा आएको थियो । एक्सन बिषयमा निर्माण भएको फिल्म अभिनयबाट उनले चारैतिर प्रसंसा पाएका थिए । ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘गाँजाबाजा’, ‘चिनी कम रंग कडा’ लगायतका फिल्ममा सुशीलले काम गरिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप