शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिकित्सक लाइसेन्स दर्ता परीक्षाको फारम खुला

आइतबार, ०४ माघ २०७७, १३ : ४३
आइतबार, ०४ माघ २०७७

नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । ५९ औं लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते परीक्षा सञ्चालन गर्ने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । 
फागुनमा हुने परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेका हो । परीक्षामा सहभागी हुनका लागि आवेदकले काउन्सिलको वेबसाइटमा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जारी सूचनामा उल्लेख  छ । 
माघ ५ देखि २४ गतेसम्म नियमित र  माघ २५, २६ गते शुल्कसहित फारम बुझाउन पर्ने काउन्सिलले जनाएको छ । परीक्षा सञ्चालन काठमाडौंकै केन्द्रमा हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप