शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाली गरेर झापड हानेको आरोपमा अभिनेताविरुद्ध एफआईआर दर्ता

आइतबार, ०४ माघ २०७७, १३ : २५
आइतबार, ०४ माघ २०७७

अभिनेता महेश मांजरेकरमाथि पुणेकामे एक प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको छ । महेश मांजरेकरमाथि उनले एक व्यक्तिलाई थप्पड हानेको र गालीसमेत गरेको आरोप छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार घटना जनवरी १५ को हो । अभिनेताले कार दुर्घटनापछि एक व्यक्तिलाई थप्पड हानेका हुन् । पुणेको यावत प्रहरी स्टेशनमा महेशविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

अभिनेता महेश मांजरेकर बहुमुखी प्रतिभाका धनी हुन् । उनलाई बलिउडका उत्कृष्ट कलाकार मानिन्छ । उनले निर्देशन, लेखनदेखि निर्माणसम्मको काम गरेका छन् । महेश आफ्नो फिल्ममा नेगेटिभ भूमिकाका लागि चिनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप