करिना कपुर र सैफ अली खान नयाँ घरमा सरे, यस्ता छन् विशेषता
करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ ।
इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ ।
फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘एउटा नयाँ सुरुवाततर्फ !’ यसमा करिना कपुरका फलोअर्सले उनलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
करिना कपुरकी दिदी करिष्मा कपुरले पनि उनको नयाँ घरको टेरेसबाट एउटा फोटो सेयर गरेकी छिन् र पोस्टलाई क्याप्सन दिँदै लेखेकी छिन्, ‘नयाँ सुरुवात सधैं विशेष नै हुन्छ ’
सैफ र करिनाको घरकी इन्टेरियर डिजाइनिङ गर्ने दर्शनी शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनिन्, ‘सैफ र करिनाको नयाँ घर पनि एक तरिकाले पुरानै जस्तो छ । यसको एउटा कारण यो हो कि उनीहरु फर्च्यून हाइट्सस्थित घरमा निकै रमाइरहेका थिए । यसको डिजाइन र अन्य कुराका लागि उनीहरु निकै सहज थिए । यस्तोमा यो नयाँ घरमा सबै पुराना व्यवस्थासहित नयाँ आवश्यकतालाई पनि जोडिएको छ । विशेषगरी बच्चाको जन्मको हिसाबले घरलाई नयाँ तरिकाले तयार गरिएको छ । यसका साथै तैमुरका लागि पनि छुट्टै कोठा छ । यो घरमा बच्चाका लागि नर्सरी हुनेछ । पुरानो घरको तुलनामा यो घर निकै ठूलो हुनेछ । शानदार सिँढी, स्विमिङ पुल, आउटडोर एरिया र ओपन स्पेससहित यो घर निकै शानदार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा