रौतहटको सबै स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
शनिबार, ०३ माघ २०७७, २० : ४७
रौतहट । नेपाली काँग्रेस पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाको सबै स्थानीय तहमा सरकारको बिरोधमा प्रदर्शन भएको छ । जिल्लाको गुजरा नगरपालिकाका पार्टी नगर सभापति कुमार प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा वडा ९ सिम्रा भवानिपुरमा बिरोधसभाको आयोजना गरिएको थियो ।
बिरोधसभामा सभापति चौलागाईं ,महिबुल हक, पवनराज गिरि लगायतकाले प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिगामी कदम सच्याएर संसद पुनर्बहाली नगरेसम्म आन्दोलन जारी रहने बताएका थिए ।
त्यसैगरी जिल्ला सदरमुकाम गौर,गरुडा,चन्द्रपुर,कटहरिया,फतुवा बिजयपुर,देवाही गोनाही लगायत जिल्लाको १८ वटै स्थानीयतहमा अधिनायकवादी कम्युनिष्ट सरकारले चालेको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरुद्धमा वृहत् प्रर्दशन गरिएको काँग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
-
अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने
-
पाथीभरा केबुलकारको निर्माण कार्य रोक्न राजेन्द्र महतोको माग
-
इजरायललाई २ हजार पाउन्डको बम पठाउन बाटो खुल्यो
-
समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण