शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

देउवालाई पौडेलको प्रश्न : तालुमा आलु फले फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ, चुनाव-चुनाव किन ?

शनिबार, ०३ माघ २०७७, १६ : १३
शनिबार, ०३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले चुनाव चुनाव भनिरहेको बताउँदै संसद् पुन:स्थापना भए पनि काँग्रेसलाई फाइदै हुने बताएका छन्। संसद् विघटनविरुद्ध काँग्रेस भरतपुर महानगरपालिका (चितवन) समितिले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले भने, ‘ संसद् पुर्नस्थापना हुँदा पनि हामीलाई फाइदै हुन्छ। हामी निर्णायक हुन्छौँ,’ उनले भने, ‘तालुमा आलु फले (शेरबहादुरदेउवा) फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ। किन चुनाव, चुनाव भनिरहनुभएको छ?’

उनले सत्ताका लागि मात्रै काँग्रेसले राजनीति नगरेको भन्दै लोभलालचमा फस्न नहुने बताए।  ‘चुनाव आइहाल्यो भनेर काँग्रेस दौडिएर जाँदैन। लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो। हामीले पहिले लोकतन्त्र जोगाउँछौं,’ उनले भने, ‘पहिले यो संविधानलाई जोगाउँछौ। यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ।’

निर्वाचन गर्न ओलीले संसद विघटन नगरेको भन्दै यो राष्ट्रविरोधी कदम भएको बताए । 

अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेन भने के भन्नुहुन्छ भनेर प्रश्न उठ्ने छ । अदालतले पुनर्थापना नभए सदर गरिदियो भने म प्रश्न गर्छु नेपालमा न्याय छ कि छैन ? व्याख्या गर्ने न्यायलय छ कि छैन?’ उनलेको प्रश्न छ ।

उनले अदालतलाई असंवैधानिक निर्णय सच्याउँ भन्न सकिने बताए। उनले अदालतमा बहस गर्ने, अनुरोध गर्न सकिने र काँग्रेसले त्यही गरिरहेको बताए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई खुलमखुला दबाब दिइरहेको भन्दै आपत्ति जनाए। 

‘अहिले केपी ओलीले यो मेरो राजनीतिक निर्णय हो। संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायलयलाई धम्काइरहेका छन् । प्रधानमन्त्रीले न्यायलयलाई धम्की दिने हो? हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतले धम्की दिएको भन्न मिल्दैन,’ उनले भने । 

उनले अहिले काँग्रेस सरकारमा नभएको भन्दै न्यायलयलाई दबाब होइन अनुरोध गरिएको बताए। 

‘हाम्रो अनुरोधले न्यायाधीशको जागिर जाँदैन, तलब काटिँदैन। हामी अहिले सरकारमा छैनौँ। नागरिक हौं,’ उनले भने, ‘प्रधानमन्त्रीले धम्काउँदा हामीले हामीले संविधान हेर्नुस् भन्न मिल्ने कि नमिल्ने? संविधानलाई रछ्यानमा फ्याकिँदा टुलुटुलु हेरेर बस्न सकिँदैन। त्यसैले संसद् पुनःथापना हुनुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप