लडेर प्रहरी हवल्दारको मृत्यु
शनिबार, ०३ माघ २०७७, ११ : ४४
![लडेर प्रहरी हवल्दारको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9_WNSXB7SYg7.jpg)
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।
गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया लगातार दोस्रोपटक च्याम्पियन बनेको छैटौँ संस्करण
-
बागमती गाउँपालिकाको आयोजनामा फुटबल प्रतियोगिता आजदेखि
-
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन
-
सामसङ ग्यालेक्सी एस२५ सिरिज नेपाली बजारमा उपलब्ध
-
धार्मिक आस्थाको केन्द्र त्रिपुरासुन्दरी, तस्बिरहरू
-
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित