काठमाडौंको काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले रातोपाटीलाई बताए ।
गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।
बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार अपराधमा संलग्न बालवालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन । बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ । निगरानी कक्षमा राखुन्जेल हत्कडी लगाउन नपाइने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगोले वन र बस्ती सखाप पार्दै, सिंहदरबारमा ‘गफको खेती’मात्रै
-
विशेषज्ञबाट भीमाको पोष्ट मार्टम गर्न अदालतको आदेश
-
प्रदेशको प्रशासनिक भवन निर्माणको काम छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
-
मन्त्री पोखरेलको प्रतिबद्धता : विकास बजेटको निश्चित प्रतिशत वातावरण संरक्षणमा लगाउने
-
कोशीका १४ जिल्लामा भेटेरिनरी अस्पताल निर्माण गरिने
-
विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा सन्दीप, तस्बिरहरू