बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्याक्सिनबारेको यो सुखद समाचार

शनिबार, ०३ माघ २०७७, ११ : ०५
शनिबार, ०३ माघ २०७७

अधिकांश  नेपाली जनसमुदायले व्यग्रतासाथ पर्खिरहेको भ्याक्सिनका बारेमा सुखद समाचार आएको छ। हुन त यो सुखद भन्ने शब्दको बुझाइ आ - आफ्नै हुन सक्छ। कसैलाई जे  सुखद, त्यही कुरा अरुलाई सुखद नलाग्न सक्छ। सुखदको निरपेक्ष व्याख्या पाउनु सम्भव छैन।

बुद्ध भन्नु हुन्छ, एउटै उक्ति अथवा एउटै सूक्तिबाट 'बहुजन हिताय बहुजन सुखाय' हुनु नै सुखद हो (Gautama Buddha   suggested his disciples to work for the welfare and happiness of the masses under the same dictum )। हिन्दु धर्म ग्रन्थको उद्घोष छ - 'सर्वे भवतु सुखिनः सर्वे सन्तु निरामया।'  जसले सबैको कल्याण हुन सकोस् त्यै सुखद 'डिक्टम' (dictum ) हो।

माघ महिनाको आगमनसँगै नेपाल सरकारले बहुप्रतीक्षित खोपका बारेमा सकारात्मक निर्णय गरेर सन्त्रासमा बाँचिरहेका नेपालीका लागि आशा, भरोस र शान्तिले सास फेर्ने वातावरण सिर्जना गरेको छ।  सरकारको यस निर्णयले विगत ८-९ महीना देखि भय र आतंकग्रस्त  रहेको नेपाली जन समुदायमा केही आशा सञ्चार गरेको छ।  यस अर्थमा पनि समाचार हो भन्न कुनै आइतबार कुर्नु पर्दैन । 

सन्दर्भ माघ २ गते नेपाल सरकारको  स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले  कोरोना भाइरस विरुद्ध बनेका अनेको भ्याक्सिन मध्ये कोभीशिल्डलाई आपातकालीन  प्रयोगको अनुमति दिएको बारे हो ।  यस अनुमतिले नेपालमा भ्याक्सिन आउने एवं वितरण हुने मार्ग प्रशस्त भएको छ। 

नेपाल सरकारले भ्याक्सीनको अनुमति दिँदा  एकदम विवेकपूर्ण निर्णय गरेको छ ।  विभागले अक्सफोर्ड यूनिभर्सिटीको जेनर इंस्टीटूयट र ऐस्ट्रेजेनिका (Astrazeneca) कम्पनीको संयुक्त प्रयासमा बनेको 'भाइरल भेक्टर' प्रविधिको ( सामान्य भाषामा परम्परागत  हिसाबले बनेको) भ्याक्सिनलाई स्वीकृति अथवा अनुमति प्रदान गरेको छ।  आन्तरिक राजनीतिक किचलोले गर्दा कोरोनाविरुद्धका भ्याक्सिनहरुको कुनै पनि चरणको ट्रायल नेपालमा हुन सकेको थिएन । यस्तोमा हाम्रो लागि सबैभन्दा उपयुक्त भ्याक्सिन भारतमा परीक्षण भएको नै हुने हुन्छ । यस अर्थमा भारतमा परिक्षित कोभीशिल्ड नेपालको पहिले प्राथमिकतामा पर्नु प्राविधिक र जनस्वास्थ्यको दृष्टिकोणले सही नै मान्नुपर्छ ।

ऐस्ट्रेजेनिकाले बृहद उत्पादन गर्ने हेतुले  भारतको पुणे स्थित विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सीरम इन्स्टीट्यूट अफ इण्डियासंग  समझौता गरेर कोभीशिल्ड नामले भ्याक्सिन उत्पादन गरेको हो। नेपालले सीरम कम्पनीले बनाएको भ्याक्सिनलाई अनुमति दिएको छ। नेपालको आर्थिकदेखि भौगोलिक एवं मेडिकल सुविधाको उपलब्ध अवस्थामा कोभीशिल्डलाई अनुमति दिनु सम्यक निर्णय हो। भ्याक्सिनका बारेमा  सरकारको ध्यान आकर्षण गर्न रातोपाटीले यस विषयका विज्ञसंग निरन्तर सम्वाद गरी समाचार प्रवाहित गर्दै आएको थियो। विज्ञहरुको भनाइलाई समेत ख्याल गर्दा पनि नेपालको लागि सहज र सुरक्षित हुने भ्याक्सिन आर्थिक पक्ष तथा विभिन्न चरणका परीक्षणहरु भारतमा पार गरेका खोप नै हुने बुझिन्छ ।

अहिले सरकारले अनुमति प्रदान गरेको कोभीशिल्डको मूल्य बारे एकरूपताका समाचार नआए पनि यसको मूल्य ३ देखि ५ डालरसम्म हुने अनुमान गरिएको छ। नेपाल सरकारसंगको डीलिंगमा कम्पनीले भारत सरकारलाई तोकेको मूल्यमै कोभीशिल्ड उपलब्ध हुने अनुमान गर्न सकिन्छ।  सीरम इन्स्टीट्यूटका निर्देशक अदार पूनावालाले भर्खरै  भारतीय समाचार एजेन्सीसंग सीरमले भारत सरकारलाई २४० भारतीय रुपैयाँमा भ्याक्सिन उपलब्ध गराउने बताएका थिए।

त्यसो त कोभिशल्ड नै अन्तिम विकल्प र छनौट भने होइन ।  नेपालको कमजोर आर्थिक अवस्थाका कारण महगे मूल्यका अन्य खोपहरु नेपालले खरिद गर्न सक्ने सम्भावना कम रहे पनि सहयोगी दाता राष्ट्रहरुबाट अनुदानमा आउन सक्ने सम्भाव्य अन्य खोपहरु पनि नेपालको लागि उपयोग गर्न सकिन्छ । त्यसमाथि थप, कोभीशिल्ड एक्लैले सही समयमा नेपालको माग अनुरुप खोप उपलब्ध गराउन सक्ला वा नसक्ला भन्नेबारे अहिले नै यसै भन्न सकिन्न । को मूल्य २५ डालर भन्दा माथि रहेको छ। त्यसमाथि थप विश्वबजारमा अहिले धेरै चर्चा पाएका 'म्यासेन्जर आरएनए' नामक नयाँ प्रविधि आधारित फाइज़र र मोर्डरना जस्ता भ्याक्सिनको नेपालमा भण्डारण गर्ने क्षमता नै छैन ।

सरकारले तदारूकताका साथ भ्याक्सिन ल्याउने अभियान चलाउने हो भने २ सातामै नेपालमा भ्याक्सिनको पहिलो खेप भित्रिन सक्छ। सीरमसंग डिसेम्बर महीनामै कोभीशिल्डका ५ करोड़ भन्दा बढी  डोज उपलब्ध रहेका थिए र कंपनीले प्रत्येक महीना ५ करोड़ भ्याक्सिन उत्पादन गर्ने जनाएको छ। नेपाललाई एकै पटक करोड़को संख्यामा भ्याक्सिन चाहिदैन।  सातामा दस लाख भ्याक्सिन आए नेपालमा भ्याक्सिनेसन अभियान सहज र सुचारु रूपले संचालित हुन सक्छ।

सीरमले कोभीशिल्डका अतिरिक्त अमेरिकन कंपनी नोवावैक्सले बनाएको  nvxcov2373 भ्याक्सिन उत्पादन गर्ने सम्झौता पनि गरेको छ यास्का अतिरिक्त सीरमले नयाँ प्राविधि ले बनेको  nasally administered COVID-19 vaccine, CDX-005.उत्पादन गर्ने समझौता पनि गरेको समाचार छ। यो भ्याक्सिन अमेरिकाको न्यूयोर्कस्थित  Codagenix कंपनीले विकसित गरेको नाकबाट हाल्ने  भ्याक्सिन हो यसको एउटै डोज संक्रमणका विरुद्ध प्रभावी हुने दावी गरिएको छ।

औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउने  अनुमति दिएकोमा स्वागत योग्य नै मान्नु पर्छ तर विभागले बाजारमा भ्याक्सिनको मूल्य जथाभावी हुन न पाओस् भन्ने उद्देश्यले कडा अनुगमन भने गर्नु जरुरी छ ।

Title Photo: https://images.livemint.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप