शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय अनुसन्धान विभागका सहायक–सूचक मृत फेला

शुक्रबार, ०२ माघ २०७७, २२ : ४९
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । बाँकेको नेपालगञ्ज स्थित सूर्यगाउँमा राष्ट्रिय अनुसन्धान विभागका सहायक–सुचक मृत फेला परेका छन् ।

विभागको बाँके जिल्ला कार्यालयमा कार्यरत प्रविन थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले रातोपाटीलाई बताए ।

बिहिबार साँझबाट सम्पर्क बिहिन भएका प्रविनको शव नेपालगञ्ज–१८ स्थित खेतमा फेला परेको थियो । उनको टाउकोमा चोट लागेको डिएसपी खड्काले बताए । शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ ।

२२ बर्षिय प्रविन बर्दियाका स्थानीय हुन् । पछिल्लो समय उनि परिवारसँगै नेपालगञ्जमा बस्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप