शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

‘माया किन मोडियो’मा नाजिर र रेश्मा रोमान्स

शुक्रबार, ०२ माघ २०७७, २० : ३२
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । अभिनेता नाजिर हुसेन र रेश्मा घिमिरे अभिनित ‘माया किन मोडियो’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीतमा सुदन गैरेको स्वर तथा संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’को शब्द छ । प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् । 

उत्सव दाहालको छायाँकन रहेको छ । नाजिर र रेश्माबीचको मित्रता देखाइएको भिडियोमा मुस्कान शाह, एलिश खनालको अलवा बालकलाकार साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ ।

भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । करिव एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका गायक गैरे ‘माया किन मोडियो’ गीत अलि फरक बनाउने कोशिश गरेको बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप