बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा प्रचण्ड–माधव पक्षको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेललाई कारवाही

शुक्रबार, ०२ माघ २०७७, १७ : ५३
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उदेश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित काम कारवाही गरेकाले उनलाई कारवाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए ।

त्यस्तै, माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए ।  नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।

त्यस्तै, बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप