शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाडाकी गर्लफ्रेन्डलाई छुन खोज्दा ३ वर्ष जेल सजाय !

शुक्रबार, ०२ माघ २०७७, १७ : ३९
शुक्रबार, ०२ माघ २०७७

एजेन्सी । तपाईकी प्रेमिकालाई स्पर्श गर्नु सामान्यत अपराध मानिदैंन । तर, जब तपाईले भाडामा डेट गरिरहनुभएको हुन्छ, तब अवस्था फरक हुनसक्छ ।  ताइवानमा विश्वविद्यालय पढ्ने एक छात्र अहिले यस्तै गल्तीको सजाय काट्न बाध्य भएका छन् । अदालतले सन् २०१९ मा उनीमाथि ६ महिना जेल र १ लाख ८० हजार ताइवानी डलर जरिवाना गरेको थियो । यस सजायविरुद्ध उनले गरेको अपिललाई बिहीबार ताइवानको उच्च अदालतले खारेज गरिदिएको छ । 

घटना यसरी सुरु भएको थियो 

जुलाई २०१९ मा चेन नामका एक युवाले ७ हजार २ सय ताइवानी डलर (२ सय ६० अमेरिकी डलर) तिरेर ‘लभ एक्टिङ एक्स्ट्रा’ नामक कम्पनीमार्फत एक युवतीसँग ३ घण्टाका डेट तय गरेका थिए । भाडामा लिएकी गर्लफ्रेन्डसँग ग्राहकले के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने बिस्तृत नियम यस कम्पनीले तय गर्ने गरेको छ ।

‘लभ एक्टिङ एक्स्ट्रा’ ले ग्राहकसँग पैसा लिएर उनीहरुसामु विभिन्न भूमिका निर्वाह गर्नका लागि कलाकारहरु खटाउँछ ।  प्रेमिका, अभिभावक वा कुराकानीका लागि सामान्य साथीको भूमिका निर्वाह गर्न पनि कलाकारहरुलाई भाडामा लिन सकिन्छ । यद्यपी, यो सेवा लिँदा केही महत्वपूर्ण नियमहरु भने ग्राहकले पालना गर्नुपर्छ ।

 चेनको हकमा लभ एक्टिङ एक्स्ट्राबाट सेवा लिनुअघि उनले एक सम्झौतामा सहमति जनाएका थिए । जसअनुसार उनलाई भाडामा लिएकी गर्लफ्रेन्डको हात समाउने अनुमति थियो, कपाल सुम्सुम्याउन र अङ्गालो हाल्न पनि पाउँथे, तर केही सीमा पनि थियो । 

किस गर्ने प्रयास वा युवतीलाई अफ्टेरो लाग्नेगरी उनलाई छुने अनुमति थिएन ।  २ अगस्टमा चेन र उनकी भाडाकी गर्लफ्रेन्डबीच ताइपेइ मेन स्टेशनमा ३ घण्टाको डेटका लागि भेट भयो । सुरुवात राम्रै थियो । दुबै जनाले फास्ट फुड रेस्टुरेन्टमा खाना गए । त्यपछि उनीहरु डान फरेस्ट पार्क गए । यहाँ पुगेपछि चेनले अनौठो हर्कत देखाउन थाले । एकपटक त उनले ‘अपहरणको धम्की’ समेत दिए । उनले त्यसपछि युवतीका संवेदनशील अंगहरुमा छुन थाले । 

युवतीको बयानअनुसार चेनले उनको थाईका भित्री भागमा छोए, स्तन हेर्नका लागि सर्टका बटम खोलिदए । अनि, पछाडिको भागमा छोए । जबकी, सम्झौताअनुसार यस्तो गर्न पाइदैंन भन्ने उनलाई राम्ररी थाहा थियो ।  चेनले अब आफुलाई हानी गर्छन् कि भन्ने डर युवतीलाई थियो । तर, उनले सहयोगका लागि गुहारमा माग्न कोही पनि थिएन । त्यसैले सहनुको विकल्प  रहेन । 

भाग्यवस्, तीन घण्टा बितेपछि सम्झौता अनुरुप चेन युवतीसँग विदा भए । त्यसपछि यी युवती सोझै नजिकैको प्रहरी स्टेशन गइन् र उनीविरुद्ध रिपोर्ट दर्ता गराइन् ।  चेन तत्कालै पक्राउ परे र उनले गल्ती स्वीकारे । यसपछि उनले भाडाकी प्रेमिकासँग माफी माग्दै चिट्ठी पनि लेखे । तर, यो सबै कार्य उनलाई जेल सजायबाट उन्मुक्ती दिन पर्याप्त भएन । 

मुद्दा हेरिरहेका न्यायाधीशले चेनको व्यवहारलाई गैरजिम्मेवार ठहर गरे । अनि, चेनलाई आक्रामकताका लागि ६ महिना जेल सजाय र १ लाख ८० हजार ताइवानी डलर जरिवाना सुनाइयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप