शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमलपोखरी कि कंक्रिट पोखरी ? (तस्बिरमा हेर्नुस्)

रानीपोखरीको गल्ती कमलपोखरीमा दोहोरिँदै
शुक्रबार, ०२ माघ २०७७, १५ : ०६
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध भएको छ । स्थानीय,सम्पदा र पर्यावरणप्रति सचेत नागरिकरुले कमपपोखरीको पुनर्निर्माणका क्रममा ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले कमलपोखरीलाई कंक्रिट पोखरीमा परिणत गर्न नहुने बताउँदै आएका छन् । शुक्रबार कमलपोखरी स्पोर्टस् क्लबले विरोधमा प्रदर्शन नै गरेको छ ।  प्रदर्शनमा सहभागीहरुले ‘सिमेन्ट र डन्डीको कमाल हामीलाई चाहिँदैन, रानीपोखरीबाट नसिकेकोमा हामी लज्जित छौ’ भन्ने प्लेकार्ड बोकेका थिए । तर, महानगरपालिकाले भने सरोकारवालाहरुसँग छलफल गरेरै पोखरीको नयाँ ढंगले पुननिर्माण गरेको दावी गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप