बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकदिनमा कतिवटा अण्डा खाँदा स्वास्थ्यमा पुग्दैन हानी ?

शुक्रबार, ०२ माघ २०७७, १३ : ३१
शुक्रबार, ०२ माघ २०७७

अण्डालाई सबैभन्दा स्वस्थबद्र्धक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ ।

अण्डालाई धेरैजसो हाई कोलेस्ट्रोलसँग जोडेर हेरिन्छ त्यसैले मानिसहरु धेरै अण्डा नखान सल्लाह दिन्छन् । आउनुहोस्, अण्डाको कोलेस्ट्रोलसँग के सम्बन्ध छ र एकदिनमा कति अण्डा खानु सुरक्षित हुन्छ त्यसबारे जानकारी लिऔं ।

धेरैजसो मानिसहरु कोलेस्ट्रोललाई नकारात्मक तरिकाले हेर्ने गर्छन् । पछिल्ला केही अनुसन्धानमा कोलेस्ट्रोलको बढी मात्राले मुटुलाई हानी गर्ने र यसले छिटो मृत्यु निम्त्याउने आशंका गरिन्छ । तर यसबारे मिश्रित प्रतिक्रिया पाइने गरिन्छ ।

शरीरका लागि चाहिन्छ कोलेस्ट्रोलः

वास्तवमा हाम्रो पूरा शरीरको सही फंक्सनका लागि कोलेस्ट्रोल निकै आवश्यक छ । सेल मेम्ब्रेनमा कोलेस्ट्रोलको भूमिका महत्वपूर्ण हुन्छ । टेस्टोस्टेरोन, एस्ट्रोजन र कार्टिसोलजस्ता आवश्यक स्टेरोयड हर्मोन बनाउन पनि कोलेस्ट्रोलले सहयोग गर्छ ।

हाम्रो कलेजोले प्राकृतिक रुपमै शरीरका लागि आवश्यक कोलेस्ट्रोल बनाउने गर्छ र जब हामी कोलेस्ट्रोलयुक्त कुनै खाना बढी खान्छौं भने शरीरले आफसेआफ कोलेस्ट्रोल बनाउने मात्रालाई कम गरिदिन्छ ।

अण्डा र कोलेस्ट्रोलको सम्बन्धः

धेरैजसो मानिसहरु एक दिनमा कमै अण्डा खान सल्लाह दिन्छन्, विशेषगरी अण्डाको पहेँलो भाग सकेसम्म नखान नै भनिन्छ । एक मध्यम आकारको अण्डामा १८६ एमजी कोलेस्ट्रोल हुन्छ जुन शरीरलाई दैनिक आवश्यक पर्ने कोलेस्ट्रोलको ६२ प्रतिशत हो । अण्डाको सेतो भागमा बढी प्रोटिन पाइन्छ र कोलेस्ट्रोल कम पाइन्छ ।

अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी नै हुन्छ । स्वास्थ्य विज्ञले हप्तामा २ देखि ६ वटासम्म अण्डाको पहेँलो भाग खान सल्लाह दिन्छन् । केही अनुसन्धानमा अण्डाको कोलेस्ट्रोलले कस्तो असर पार्छ भन्नेबारे जान्ने कोसिस गरिएको छ ।

एउटा अनुसन्धानका लागि दुई व्यक्तिको समूह बनाइयो । पहिलो समूहका केही मानिसहरुले केही दिनसम्म हरेक दिन १–३ वटा पूरा अण्डा खाए जबकि केही मानिसहरुले अण्डाको दोस्रो विकल्प दिइयो । अनुसन्धानमा यी सबै व्यक्तिमा गुड कोलेस्ट्रोल बढेको पाइयो जबकि केही मानिसहरु बाहेक ब्याड कोलेस्ट्रोलको स्तरमा कुनै प्रकारको परिवर्तन पाइएन ।

एउटा पूरा अण्डा खानुको असर हरेक व्यक्तिमा भिन्न–भिन्न हुन्छ । ७० प्रतिशत व्यक्तिमा अण्डाका कारण उनको ब्याड कोलेस्ट्रोलमा कुनै असर परेको देखिएन जबकि ३० प्रतिशत मानिसहरुमा यसको स्तर थोरै बढेको पाइयो ।

जुन मानिसहरुमा लो डेनसिटी लिपोप्रोटिन (एलडीएल) का ठूला कण हुन्छन्, उनीहरुमा मुटुरोगको खतरा कम हुन्छ । त्यसैले अण्डा खाँदा कोलेस्ट्रोलको स्तर थोरै मात्रामा बढेपनि यसमा चिन्तित हुनुपर्ने कुनै कुरा छैन । स्वास्थ्य विज्ञका अनुसार प्रत्येक दिन ३ वटा पूरा अण्डा खानु स्वस्थ व्यक्तिका लागि पूर्ण रुपमा सुरक्षित छ ।

मधुमेह र मुटुरोगका बिरामीको अण्डासँग सम्बन्धः

केही शोधका अनुसार धेरै अण्डा खाँदा मुटु रोगको खतरा बढ्ने गर्छ । यद्यपि, केही अनुसन्धानकर्ताले यो मानिसहरुका केही बानी जस्तै खानपिन, धुम्रपान र व्यायामको बानीमा पनि निर्भर हुन्छ । अण्डा खाँदा मात्रै मुटुरोगको समस्या निम्तिन्छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन । केही अनुसन्धानका अनुसार अण्डा खाँदा स्ट्रोकको खतरा कम हुन्छ ।

अर्को एउटा अनुसन्धानका अनुसार टाइप टु डायबिटिज भएका मानिसहरुले धेरै नै अण्डा खाँदा मात्र मुटुरोगको समस्या बढ्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप