मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘एक लभर’ सार्वजनिक

शुक्रबार, ०२ माघ २०७७, ११ : ३६
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढापका विषय फिल्मले कथाको रुपमा उठाएको छ ।

रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको फिल्म ‘एक लभर’ आधा घण्टा अवधिको रहेको छ । फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, सुखद् अन्त्य समेत गरिएको निर्देशक ज्ञावलीले बताए ।

शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय फिल्ममा छ । ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायाँकन तथा शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप