शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूचनाविनै डोजर चलाएको भन्दै व्यवसायीको विरोध

बिहीबार, ०१ माघ २०७७, १६ : १५
बिहीबार, ०१ माघ २०७७

मोरङ । मोरङको उर्लावारी नगरपालिकाले पूर्वपश्चिम राजमार्ग छेवैमा बनेका संरचना हटाउने क्रममा विभेद गरेको स्थानीयले बताएका छन् । 
नगरपालिकाले राजमार्गको ८२ फिट खाली गर्ने भन्दै सडक वरिपरि बनेका संरचना केही दिनअघि भत्काउन सुरु गरेको थियो । 

मंगलबारे चोकमा व्यवसायका लागि अस्थायी संरचना निर्माण गरिरहेका अम्बिका खतिवडाले नगरपालिकाले पूर्व जानकारी समेत नदिई जथाभावी भत्काएको आरोप लगाए । ‘नगरपालिकाले ८२ फिटभित्रकै संरचना नहटाएर आफुले ९२ फिटभित्र निर्माण गरेको संरचनामा डोजर चलाएको छ । प्रतिशोध साँध्ने काम गरे’, खतिवडाको भनाइ छ । 

मावादेखि सुनझोडा खोलाको पुलसम्मको उर्लाबारीको राजमार्ग क्षेत्रमा दर्जनौ स्थानमा ८२ फिट मिचेरै बनाइएका संरचनामा सेकुवा पोल्ने र अन्य पसल गर्नेहरु रहेका छन् । तर, छानी–छानी मात्रै संरचना भत्काएको स्थानीयको भनाइ छ । यता, संरचना हटाउन नगरपालिकाले अनुरोध गर्दासमेत अटेर गरेपछि डोजर लगाउनुपरेको नगर प्रमुख खड्ग फागोले बताए । 

उपमेयर लक्ष्मीदेवी भण्डारीले बनिसकेका संरचना भत्काएकोमा गुनासो आएको भन्दै यसबारे कार्यपालिकाको बैठकमा समेत कुरो उठेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप