शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई नम्बर प्रदेशः १३६ वटै स्थानीय तहको नतिजा सार्वजनिक

बुधबार, ११ असोज २०७४, २० : ५०
बुधबार, ११ असोज २०७४

काठमाडौं– असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३६ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट बुधबार साँझ प्राप्त  विवरण अनुसार, राजविराज नगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भएसँगै १ सय ३६ स्थानीय नतिजा आएको हो । 

तेस्रो चरणको स्थानीय तहका एक हजार २७१ वडाको पनि सबै परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको प्रमुख एवम् अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २५, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दलका २ र नयाँ शक्ति पार्टीका उम्मेद्वार १ स्थानमा विजयी भएका छन् ।

यसैगरी, वडास्तरमा नेपाली काँग्रेसका उम्मेद्वार ३३८, नेकपा एमालेका २३५, नेकपा माओवादी केन्द्रका २२८, राष्ट्रिय जनता पार्टी नेपालका १९२, संघीय समाजवादी फोरमका १९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजय प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप