स्वयम्सेवक घाइते भएपछि गोरु जुधाइ कार्यक्रम अवरुद्ध
बिहीबार, ०१ माघ २०७७, १४ : ४७
नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष आयोजना हुने गोरु जुधाइ कार्यक्रम अवरुद्ध भएको छ । गोरु जुधाइ कार्यक्रममा एक स्वयम्सेवक घाइते भएपछि कार्यक्रम अवरुद्ध हुन पुगेको हो ।
स्थानीय पत्रकार विष्णु तारुकेका अनुसार गोरु जुधाइ हेर्न आएका दर्शकहरुको भीडबाट अज्ञात व्यक्तिले हानेको ढुंगा लागेर ती स्वयम्सेवक घाइते भएका छन् । तारुकेका अनुसार गणेश सिग्देलको टाउकोमा चोट लागेको छ ।