शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा युद्ध झल्काउने गरी यसरी गरियो राइफल र तोपको बढाईँ (फोटोफिचर)

बुधबार, ११ असोज २०७४, १८ : ३३
बुधबार, ११ असोज २०७४

 

काठमाडौं–  हिन्दु नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा बुधबार नेपाली सेनाले युद्ध झल्काउने गरी सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको फूलपाती बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोप पड्काउँनुका साथै मार्चपास गरेका थिए । 

त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो । 

समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्री तथा सरकारका उच्चपदस्थ कर्मचारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप