सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा थप १४८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो हप्तामा कोभिड–१९ का शङ्कास्पद एक हजार ४१८ जनाको नमूना परीक्षण भएको छ । यो अवधिमा थप एक हजार ४६ शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भएको छ ।
यो हप्तामा थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म जम्मा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेकामा सबैभन्दा बढी मृत्यु हुने प्रदेशको राजधानी जिल्ला कैलालीका २९ जना छन् ।
एक महिनाअघिसम्म शङ्कास्पदको नमूना सङ्कलन हुने दर योभन्दा बढी थियो । लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको जनाइएको छ ।
कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नयाँ थपिएकासमेत आजसम्म जम्मा १३ हजार ८७६ जना सङ्क्रमित पुग्दा १२ हजार १३९ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान