सेयर बजार दोहोरो अंकले बढ्यो, दोस्रो त्रैमासको ‘सुखद’ बिदाइ
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन बुधबार नेप्से परिसूचक १८.८१ अंकले बढेर २ हजार २ सय ८६ दशमलब ५४ विन्दुमा पुगेको हो । यो दिन कुल ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार बजारमा १ सय ७५ कम्पनीको सेयर कारोबार भएकोमा १ सय २९ कम्पनीको सेयरमूल्य बढेको छ । ३८ कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । मजरामा रहेका १२ वटा उपसूचकमध्ये वाणिज्य बैंक र होटल समूहका उपसूचक बाहेक अरु सबै उपसूचकहरु बढेका छन् ।
बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र गुडविल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मल्टिपल फिनान्स कम्पनीले भने सर्वाधिक ४.७१ प्रतिशत सेयरमूल्य गुमाएको छ ।
बुधबारको कारोबार पछि नेप्सेको बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल