बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

“विद्यार्थी फेल गराउने शिक्षकलाई समय दिएर बिदा गर्नुपर्छ” : शिक्षा राज्यमन्त्री

बुधबार, ११ असोज २०७४, ०९ : ५८
बुधबार, ११ असोज २०७४

चितवन - शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् ।

आज पत्रकारसँग कुराकानी गर्दै उनले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताए । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । 

शिक्षकको वृत्ति विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै उनले राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत दिनुपर्ने बताए ।

उनले भने, “सधैँ विद्यार्थी फेल गराउने शिक्षकलाई निश्चित समय दिएर बिदा गर्नुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप