क्यान्सर पीडित किशोरलाई २ लाख सहयोग
आइतबार, २६ पुस २०७७, २२ : ५३
काठमाडौं । लामो समयदेखि खुट्टाको क्यान्सरबाट पीडित सिन्धुलीका एक किशोरलाई २ लाख रुपैयाँ सहयोग जुटेको छ । सिन्धुलीका १६ वर्षीय राजेश नेपालीलाई २ लाख १५ हजार सहयोग जुटेको हो । राजधानीको मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा एक कार्यक्रमका बीच नेपाल मुटु फेमली, हाम्रो टिकटक नेपाल, र फुकै परिवारले राजेशका लागि रकम हस्तान्तरण गरेका हुन् ।
विगत लामो समयदेखि खुट्टाको क्यान्सर रोगबाट पीडित भएका उनको उपचारको लागि जुटेको उक्त रकम तारकेश्वर नगरपालिका १० वडा सदस्य धुबराज राईले हस्तान्तरण गरेका थिए । आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने संस्थाकी सभापति कृपा अधिकारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार