शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोहोरो अंकले वृद्धि भएको सेयर बजारमा प्रभु बैंकको सबैभन्दा बढी कारोबार

आइतबार, २६ पुस २०७७, १५ : ४७
आइतबार, २६ पुस २०७७

साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार ४१.२४ अंकले बढेको हो । 
कारोबारमा आएका २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । आज जीवन बिमा बाहेक सबै समुहमा उछाल आएको छ । विकास बैंक, व्यापार समुह र बैकिङ समुहमा सबैभन्दा बढी  वृद्धि भएको छ । 

सबैभन्दा बढी कमाउनेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ भने तेस्रोमा आरम्भ लघुवित्त चौतारी वित्तिय संस्था रहेको छन् । यस्तै कारोबारको आधारमा सबैभन्दा बढी कारोबार हुनेमा प्रभु बैंक रहेको छ । 
यसको ४० करोड २९ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप