बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘इङ्गल्याण्डका नास्त्रेदमस’को खतरनाक भविष्यवाणी

इयुबाट केही राष्ट्र हटने, मध्यपूर्वमा युद्ध हुने, ट्रम्प झन शक्त्तिशाली बन्ने, नयाँ भाइरसको प्रकोप आउने !
आइतबार, २६ पुस २०७७, १४ : ३१
आइतबार, २६ पुस २०७७

पत्याउनु न पत्याउनु आफ्नो ठाउँमा छ तर ज्योतिष, राशिफल, भविष्यवाणी  पढ़ने सबैले गर्छन। अज्ञातलाई जान्ने  अथवा भविष्यमा के हुन्छ यसबारेमा जान्ने चाहना सबैलाई हुन्छ। त्यो तपाईले एक बिहान राशिफल हेर्ने कुराले नै यो प्रमाणित हुन्न र ? अब यो बेग्लै कुरा हो राशिफल र  भविष्यबारे गरिएका तमाम आंकलन कतिको सटीक हुन्छन् ? लोकल ज्योतिषीदेखि लिएर  देश विदेशका भविष्यवक्ता विषयक  समाचार प्रकाशित भए कै हुन्छन्। सामान्यजनलाई स्थानीय ज्योतिषी देखि लिएर नास्त्रेदमससम्मको नाम थाहा हुन्छ।

सन २०२१ का लागि इङ्गल्याण्डका नास्त्रेदमसको उपाधि पाएका भविष्यवक्ता क्रेग हैमिल्टन पार्करले अनेकौं भविष्यवाणी गरेका छन्।  विगतमा उनका कैयन भविष्यवाणी सत्य साबित भइसकेका छन्।

पार्करका अनुसार २०२० मा भएको अमेरिकी निर्वाचनमा राष्ट्रपति ट्रम्पले चुनाव हारे पनि ऊनी २०२१ मा झनै शक्तिशाली बन्ने छन्। उनले २०२१ मा यूरोपियन यूनियन बाट अन्य देश पनि बेग्लै हुने दावी गरेका छन्।

पार्करले २०२१ मा मध्यपूर्वका देशमा युद्ध हुने भविष्यवाणी गरेका छन्।  उनका अनुसार इरान र इजरायल बीचको सम्बन्ध शत्रुताको पराकाष्ठामा पुग्छ। उनले  सन २०१६ मा डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेका थिए।  यसैगरी उनले २०१७ मा नै भनेका थिए संसारमा एउटा नया रोगको आतंक हुन्छ, कोरोना संक्रमणले उनको कुराको पुष्टि भयो ।  इङ्गल्याण्डले यूरोपियन यूनियन छाड़ने उनको  भविष्यवाणी पनि  सत्य साबित  भएको थियो।  २०२१ मा अन्य देशले पनि युरोपियन युनियन छाड्ने उनको भविष्यवाणी कतिको सत्य हुन्छ, त्यो हेर्न बाँकी छ। २०२१ का लागि उनको अर्को भविष्यवाणीमा अमेरिका र यूरोपको अर्थ व्यवस्था खस्कने भनिएको छ।  सऊदी अरबको समर्थन र सहयोगमा इजरायलले इरानका परमाणु केन्द्रलाई नष्ट गर्ने उनको दावी कतिको फलित हुन्छ, त्यो भविष्यमै थाहा हुन्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पबारे उनले गरेको भविष्यवाणी बडो अचम्मलाग्दो छ।  उनका अनुसार व्हाइट  हाउसमा जो बसे पनि  ट्रम्प शक्तिशाली नै रहन्छन्।  स्मरणीय छ, आउँदो २० जनवरीमा नयाँ राष्ट्रपतिका रूपमा जो बाइडेन नयाँ राष्ट्रपतिके शपथ लिन गइरहेका छन् ।  पार्करका अनुसार ट्रम्प र बाइडेनबीच एक वर्षसम्म जुहारी चली रहन्छ। ट्रम्पबारे अरु बोल्दै पार्करले २०२१ मै नयाँ टीभी च्यानल ट्रम्प टीभी शुरु हुने दावी पनि गरे। उनका अनुसार ट्रम्पको यो टीभी च्यानल छिट्टै नै लोकप्रिय हुन्छ र यसले अमेरिकामा ट्रम्पको दबदबा अझै कायम गर्छ।  उनले ट्रम्पको धार्मिक क्षेत्रमा रूचि बढ़ने दावी पनि गरे।     

Express.co.uk  बाट उनले २०२१ को अन्त्यसम्ममा कोरोना भाइरस माथि नियन्त्रण हुने भविष्यवाणी पनि गरेका छन। उनका अनुसार भ्याक्सिनले काम गर्नुका साथै भाइरसमा आएको म्यूटेशनले भाइरस कमजोर हुन्छ र पछि गएर भ्याक्सिन आवश्यक नहुने अवस्था सिर्जना हुन्छ।  यसका साथै उनले २०२१ मै चीनबाट एउटा नयाँ भाइरसको प्रकोप फैलिने भविष्यवाणी पनि गरेका छन्।  उनको दावी छ यो नयाँ भाइरस SARS -COV  फेमिलीबाट नभएर  अन्य भाइरस हुन्छ।  तर यस नयाँ भाइरसले ठूलो आतंक मचाउनुभन्दा पहिला नै यस माथि नियन्त्रण पाइने छ ।  उनले यस कारणले चीनप्रति संसारभरि क्रोध र घृणा फैलिने पनि दावी गरे। तर कोरोना झैं यस भाइरसको उत्पत्तिबारे थाहा हुँदैन।  उनले सन २०४८ मा भाइरसको उत्पत्ति बारे स्पष्ट थाहा हुने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप