बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा राजपा भयो बलियो, माओवादी दोस्रो, फोरमको उपस्थिति न्यून (सूचि)

मङ्गलबार, १० असोज २०७४, २२ : १९
मङ्गलबार, १० असोज २०७४

काठमाडौं– स्थानीय तहको तेस्रो तथा अन्तिम चरणमा भएको दुई नम्बर प्रदेश अन्तर्गतको महोत्तरी जिल्लामा मधेस आन्दोलनको एक पक्ष बलियो बनेको छ भने अर्को पक्ष कमजोर बनेको छ । 

दश नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरीमा राजपा नेपालले ४ नगरपालिकासहित ७ स्थानीय तह जितेको छ । मधेस आन्दोलनकै अर्को घटक संघीय समाजवादी फोरम भने महोत्तरी निकै कमजोर सावित भएको छ । नेकपा माअ‍ोवादी केन्द्रले ३ नगरपालिकासहित ४ स्थानीय तह जित्दा फोरमले एक गाउँपालिका मात्रै जितेको छ । 

यस्तै, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले महोत्तरीको ३ नगरपालिकामा मात्रै जित हासिल गरेको छ । 

सूचि हेनुहोस् ः

कांग्रेस    औरही नगरपालिका    सुनिलकुमार यादव
कांग्रेस    लोहारपट्टी नगरपालिका    शैलेन्द्र कुमार यादव
कांग्रेस    बलवा नगरपालिका    विनोद कुमार यादव
संसफो    सोनमा गाउँपालिका    राजकुमार यादव
राजपा    महोत्तरी गाउँपालिका    सुनील राय यादव
राजपा    एकडारा गाउँपालिका    रामछविला साह
राजपा    भंगाहा नगरपालिका    सञ्जीव साह
राजपा    मटिहानी नगरपालिका    हरिप्रसाद मण्डल
राजपा    जलेश्वर नगरपालिका    रामशंकर मिश्र
राजपा    मनरा सिस्वा नगरपालिका    सञ्जयकुमार सिंह
राजपा    पिपरा गाउँपालिका    विनोदकुमार चौधरी
माके     बर्दिबास नगरपालिका    विदुर कार्की
माके    गौशाला नगरपालिका    शिवनाथ महतो
माके    रामगोपालपुर नगरपालिका    अशोक मण्डल
माके    सम्सी गाउँपालिका    फारुक शेख
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप