शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं सपिङः स्टोरदेखि फुटपाथसम्म (फोटोफिचर)

मङ्गलबार, १० असोज २०७४, २१ : ३४
मङ्गलबार, १० असोज २०७४

काठमाडौं– हिन्दु नेपालीहरुको महान चाड बडादशैं घरघरमा भित्रिसकेको छ । घटनास्थापनादेखि नै दशैं शुरु हुने भएकाले दशैंमा राम्रो लगाउन र मिठो खाने प्रचलन छ ।

दशैंका लागि किनमेल गर्न आउने उपभोक्ताहरुको राजधानीका मुख्य बजारहरु मंगलबार अन्य दिनको तुलनामा निकै भिड देखियो । 

काठमाडौंको न्युरोड, असन, इन्द्रचोक लगायतका स्थानमा दशैकोलागि किनमेल गर्नेहरुको भिड लागेको छ । दशैंका लागि किनमेल गर्न आउनेहरु स्टोरदेखि फुटपाथसम्म नै उत्तिकै देखिए । 

खासगरी बालबच्चालाई दशैंमा नयाँ कपडा लगाइ दिने रहर सम्पन्नदेखि विपन्न परिवारलाई पनि हुने गर्दछ । सम्पन्न वर्गका व्यक्तिहरु ठूलाठूला डिपार्टमेन्टल स्टोर्समा गएर महंगा कपडा तथा गरगहना किन्छन् भने थोरै आम्दानी भएका व्यक्तिहरु साना व्यापारिक स्टोर्स तथा फुटपाथमा गएर भएपनि दशैंको जोहो गर्छन् । 

दशैंको किनमेलको कारण फुटपाथदेखि सवारी साधनमा पनि उत्तिकै चाप देखिन्थ्यो । 

दशैंको अवसरमा ठूला ठूला डिपार्टमेन्ट स्टोर्सदेखि फुटपाथसम्मका किनमेलका तस्बिर रातोपाटीकर्मी बिजु महर्जनले यसरी कैद गरेकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप