सप्तरीमा कांग्रेस, राजपा र ससफोको हैसियत बराबर, एमाले कमजोर (सूचिसहित)
राजविराज– नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लामा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संयीय समाजवादी फोरमले बराबरी हैसियत कायम राखेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रसले २ नगरपालिकासहित ५ स्थानीय तह जित्दा संघीय समाजवादी फोरम नोले पनि २ नगरसहित ५ स्थानीय तहमा नै जीत हासिल गरेको छ ।
दुई चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिएको राजपा नेपालले पनि कांग्रेस र फोरमकै बराबरीमा हैसियत राखेको छ । अहिलेसम्म ३ नगरपालिकासहित ४ स्थानीय तह जितेको राजपाले सदरमुकाम रहेको राजविराज नगरपालिकामा पनि जित्ने निश्चित देखिएको छ । सप्तरी जिल्लामा प्रमुख प्रतिपक्षी दल एमालेले भने दुई नगर र दुई गाउँपालिकामा जित हासिल गरेको छ ।
प्रमुख तीन दलबाहेक डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि सप्तरीको एक गाउँपालिकामा जितेको छ । नयाँ शक्तिले दुई नम्बर प्रदेशकै एक मात्र सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जित हासिल गरेको छ ।
कहाँ कसले जिते हेर्नुहोस्ः
कांग्रेस बेल्ही चपेना गाउँपालिका परमानन्द यादव
कांग्रेस विष्णुपुर गाउँपालिका निलाम्बर यादव
कांग्रेस अग्निसाइर कृष्णसवरण गाउँपालिका परशुराम चोधरी
कांग्रेस शम्भुनाथ नगरपालिका योगेन्द्रप्रसाद चौधरी
कांग्रेस सुरुङ्गा नगरपालिका मुक्तिनाथ चौधरी
संसफो तिरहुत गाउँपालिका हेमन्त बहरखेर
संसफो बलान विहुल गाउँपालिका दयानन्द गोइत
संसफो महादेवा गाउँपालिका दीपककुमार यादव
संसफो बोदे बरसाइन नगरपालिका आतेशकुमार सिंह
संसफो खडक नगरपालिका हेमायु हक
राजपा डाक्नेश्वरी नगरपालिका शिवनारायण साह
राजपा हनुमाननगर नगरपालिका शैलेशकुमार साह
राजपा रुपनी गाउँपालिका हरेराम यादव
राजपा तिलाठी गाउँपालिका सतिशकुमार सिंह
एमाले सप्तकोशी नगरपालिका उत्तमकुमार गौतम
एमाले कञ्चनरुप नगरपालिका बसन्त मिश्र
नयाँ शक्ति पार्टी छिन्नमस्ता गाउँपालिका सत्यनारायण मण्डल
राजपा राजविराज नगरपालिकाको अन्तिम नतिजा आउँन बाँकी रहेको छ । राजविराजमा राजपाले अग्रता लिइरहेको छ ।