शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

बिहीबार, २३ पुस २०७७, १६ : ४३
बिहीबार, २३ पुस २०७७

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।

उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दिपक भट्टराई, रसुवाबाट लाक्पा लामा, तेम्बा तामाङ र रितु ग्यामदान, धादिङबाट कुमार मणी थपलिया र प्रकाश सिम्खडा, सिन्धुलीबाट युवराज श्रेष्ठ, सिन्धुपाल्चोकबाट दामोदर ढकाल, रामेछापबाट श्रीहरि श्रेष्ठ, मकवपुरबाट उमेश केसी, काठमाडौंबाट तुल्सीराम भण्डारी र पदम योङहाङ, ललितपुरबाट रघुनाथ पौडेल र मिहिका धाख्वा र भक्तपुरबाट सत्यराम सुवाल र रामसुन्दर बके रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप