शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करेन्ट लागेर मृत्यु

मङ्गलबार, १० असोज २०७४, १४ : २५
मङ्गलबार, १० असोज २०७४

चरीकोट – करेन्ट लागेर दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जगमा ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ । 

यही असोज १ गते नेपाल विद्युत् प्राधिकरण दोलखाले राखेको टान्सफर्मर पड्केर जलेपछि आज अर्को टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप