बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंका लागि गाँउ जानेको लर्को,  १८ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, १० असोज २०७४, १४ : ०१
मङ्गलबार, १० असोज २०७४

काठमाडौं–चाडवाडसगैं राजधानी छोड्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिनेहरुको संख्या २० लाख पुग्ने उपत्यका ट्राफिकको नाका कार्यालयहरुले जनाएका छन् । 

 नागढुङा नाकाबाट दैनिक ९ सय यात्रुवाहक वसहरु वाहिरिने गरेको नागढुङा इकाईका ट्राफिक प्रमुख अनुप राउतले जानकारी गराए । यात्रुवाहक वसहरुको चाप भएको समय २४ घण्टामा १२ सय गाडीहरु बाहिरिने गरेको उनले बताए । औसत दैनिक ३५ हजार बढिले उपत्यका छोड्ने गरेका छन् । एक दिनमा नागढुङा नाका भएर सवैप्रकारका गरि ४५ सय सवारीसाधनहरु गुड्ने गरेको फांटवाला प्रहरी जवान नवराज घिमिरेले जानकारी गराए । 

कोटेश्वर हुदैं बाहिरिनेहरुको सख्यामा हिजो र आज उल्लेख्य वृद्धि आएको कोटेश्वर प्रहरी निरीक्षक मनोज शाहीले जानकारी गराए ।  

अधिकांश उपत्यकबाट सर्वसाधारण  वाहिरिए पछि सडक,व्यापारिक मल तथा पसलहरुमा मानिसहरुको संख्या कमि हुदैं गएको छ । 

 गतवर्ष बैंकहरुले लगानी नगरेपछि नयाँ गाडीहरु अत्यन्तै कम थपिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप