बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा बलेरो दुर्घटना - एकै गाउँपालिकाका ६ महिलाको मृत्यु, एक बेपत्ता

मङ्गलबार, १० असोज २०७४, १४ : ०१
मङ्गलबार, १० असोज २०७४

काभ्रे - काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् । १७ जना यात्रु रहेको बलेरोका अन्य ९ यात्रु सकुसल रहेका छन् भने घाइते एक बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ । 

काभ्रेको बनेपाबाट डाँडापारि गइरहेको बा १४ च ९५५६ नंबरको बलेरो निगाले पुग्दा बिहान पौने ११ बजे सडकबाट ६ सय फिट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । 

दुर्घटनामा मृत्यु हुनेमा माहाभारत गाँउपालिका ६ जना रहेका छन् । 

बर्ष ३५ कि खेलीमाया बल, बर्ष २० कि पुतलीमाया बल, बर्ष २२ की महेन्दीमाया जिम्बा, बर्ष २७ कि मनिता मोक्तान, बर्ष १९ कि कुमारी जिम्बाको घटनास्थलमै मृत्यु भएको हो । नामथर नखुलेका एक पुरुष भने हराइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।  

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप