शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३० जनालाई मारेर खाए यी जोडीले, मानव मासुको बनाएका थिए अचार

मङ्गलबार, १० असोज २०७४, १३ : ०२
मङ्गलबार, १० असोज २०७४

रुसको क्रासनोदर सिटीमा पुलिसले एक ‘नरभक्षी’ जोडीलाई पक्राउ गरेको छ । जोडीले आफ्नो अपराध स्विकार गरेका छन् ।  उनीहरुले सन् १९९९ देखि अहिलेसम्म ३० जनालाई मारेर उनीहरुको मासु खाएको स्विकारेका छन् । पुलिसले यो जोडीको घरबाट आठ शवको अंग पनि बरामद गरेको छ ।

मानव मासुको बनाएर राखेका थिए अचारः

पुसिल रिपोर्ट अनुसार क्रासनोदर सिटिमा बस्ने ३५ वर्षका दिमित्री बोकेशेवले मानिसलाई मारेर उनीहरुको मासु खाने सिलसिला सन् १९९९ देखि सुरु गरेको स्विकारेका छन् ।

दिमित्रीले उक्त अपराधमा उनकी ४२ वर्षीया नर्स श्रीमती नतालिया पनि समावेश भएको जानकारी दिए । पुलिसले नतालियालाई पनि पक्राउ गरेको छ ।

यो जोडीले मानव मासुलाई थुप्रै दिनसम्म फ्रिजरमा राख्ने गरेको र उक्त मासुको  अचार पनि बनाउने गरेको खुलासा भएको छ ।

उनीहरुले घरमा नै एउटा भण्डार बनाएका थिए जहाँ उनीहरु आफ्ना शिकारीको शरिरको टुक्रा राख्थे र उनीहरुसँग सेल्फी पनि खिच्थे ।

उक्त भण्डारबाट १९ वटा छाला पनि बरामद गरिएको छ । यसबाट यो पत्ता लाग्छ कि आरोपीले हत्या पछि शवबाट छाला निकाल्ने गर्दथे ।

लागुपदार्थ दिएर बनाउँथे शिकारः

पुलिसको एक रिपोर्ट अनुसार अहिलेसम्म दिमित्री र नतालियाको भेट र विवाह कसरी भयो भन्नेबारे जानकारी आएको छैन । यद्यपी, उनको परिवार मिलिट्री एकेडेमीको क्वार्टर होस्टेलमा बस्ने गरेको पत्ता लागेको छ ।

अहिले यी दुबैलाई हिरासतमा राखिएको छ । उनीहरुले मानिसहरुलाई लागुऔषध दिएर आफ्नो शिकार बनाउने गरेको बताइएको छ । लागुऔषधको नशा चढेपछि उनीहरुको हत्या गरिने पनि खुलासा भएको छ ।

आरोपीहरुको मनोरोग सम्बन्धि परिक्षण पनि गरिएको छ जसमा दुबै मानसिक रुपमा स्वस्थ बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप