शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुले आमाको हत्या गरेपछि चौध महिनाका बालक बिचल्लीमा

मङ्गलबार, १० असोज २०७४, ११ : ०३
मङ्गलबार, १० असोज २०७४

भोजपुर । भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् । 

टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् । 

जन्मदिने आमा गुमाएका ती बालकसहित एकै घरका पाँचजना बालबच्चा ७६ वर्षीया हजुरआमा रत्नकुमारी तामाङको साथमा रहेको स्थानीयवासीले बताएका छन् । 

बाबु हर्कबहादुर तामाङले मदिरा सेवन गरी आमा मीना तामाङको गत चैत २० गते हत्या गरेपछि बाबु जिल्ला कारागारमा छन् । 

सफल तामाङ नाम रहेका १४ महिनाका ती बालकलाई प्रत्यक्ष देखेर भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले तत्काल संरक्षणका लागि विशेष पहल गरिरहेको बताए । 

तेह्र वर्षीय सौगात तामाङ, आठ वर्षीया शिशिरा तामाङ, पाँच वर्षीय सगुन, तीन वर्षीया सिमाना र १४ महिनाका सफल तामाङ यसरी बेसहारा बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप