शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुर र गधा

मङ्गलबार, २१ पुस २०७७, १३ : ३८
मङ्गलबार, २१ पुस २०७७

 

एउटा गाउँमा धोबी थियो । उसले घरमा रखवाली गर्न कुकुर पालेको थियो । साथै, सामान ओसार्न गधा पनि पालेको थियो ।

एक दिन एउटा चोर धोबीको घरमा आयो । ऊ चोरी गर्न आएको थियो । कुकुर मस्त निद्रामा थियो । उसले चोर आएको थाहा नै पाएन । तर गधा भने सुतेको थिएन । उसले चोरलाई देख्यो । मालिकलाई चोर आएको जानकारी दिनुपर्छ भन्ने उसले ठान्यो ।  त्यसैले ऊ रातिको त्यो बेलामा पनि ठूलो स्वर निकालेर कराउन थाल्यो ।

गधा कराएको सुनेर चोर भाग्यो । उसको आवाजले धोबी पनि जाग्यो । उसले गधा किन कराइरहेको छ भनेर जान्ने कोशिश नै गरेन । आफ्नो निद्रा बिगारिदिएको भनेर ऊ गधासँग बेस्सरी रिसायो । उसले कुरै नबुझिकन गधालाई लठ्ठीले हिर्कायो ।

विचरा गधा ! मालिकको भलो चिताउँदा पनि उसले कुटाइ खायो । तर कुटाइ खानुपरे पनि चोरले चोर्न पाएन । उसले त्यसै कुरामा सन्तोष मान्यो ।

Title Photo: https://www.kidsgen.com

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप