शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको बच्चा पढ्न मान्दैनन्, अपनाउनुस् यी टिप्स

सोमबार, २० पुस २०७७, १५ : ०७
सोमबार, २० पुस २०७७

सबै अभिभावकको एउटा चाहना हुन्छ कि उनीहरुको बच्चा पढाईमा तेज होउन् र भविष्यमा केही गन्तव्य हाँसिल गरुन् । यसका लागि आमा–बुवाले आफ्ना सन्तानलाई हरेक प्रकारको सहुलियत उपलब्ध गराउँछन् । तर स्थिती यस्तो पैदा भइदिन्छ जहाँ बच्चा पढ्नै मान्दैनन् । यसैकारण उनीहरु पढ्न नपरोस् भनेर कुनै न कुनै बहाना बनाउने गर्छन् । यसो गर्दा उनीहरुको पढाई त प्रभावित हुन्छ नै अभिभावक पनि तनावमा हुन्छन् र आफ्नो बच्चाको भविष्यको चिन्ताले उनीहरुलाई पिरोल्ने गर्छ । यदि तपाईंको बच्चा पनि पढ्न मान्दैनन् र यसबाट बच्नका लागि विभिन्न बहाना बनाउँछन् भने यहाँ दिइएका केही पेरेन्टिङ टिप्स तपाईंलाई काम लाग्न सक्छन् ।  

स्कूलमा गरिने क्रियाकलापलाई घरमा पनि अभ्यास गराउनुहोस्ः

बच्चा सबैकुरामा पोख्त हुन्छन् भन्ने छैन । कति कुराहरु उनीहरुले फिटिक्कै नबुझ्ने भएकोले पनि उनीहरुलाई गर्न मन नलाग्ने हुनसक्छ । तपाईंको बच्चालाई कतै पढाईमा पनि त्यस्तै भइरहेको छैन । अभिभावक भएको नाताले बच्चाले स्कूलमा के पढिरहेका छन्, त्यसबारे हेक्का राख्नुपर्छ र स्कूलमा जे पढाइन्छ, त्यो घरमा पनि अभ्यास गराउनुहोस् । यसो गर्दा बच्चाले राम्रोसँग छिटो सिक्न सक्छन् र उनीहरुको पढाईमा मन लाग्नेछ । 

बच्चाको पढ्ने समय निश्चित गर्नुहोस्ः

बच्चाले सधैंभरी पढिराख्नुपर्छ भनेर सोच्नु मुर्खता हो । उनीहरुलाई यसो गर्न बाध्यता पनि गर्नु हुँदैन । तपाईंले यसो गरेको खण्डमा उनीहरुलाई पढाइप्रति वितृष्णा जाग्छ । त्यसैले अभिभावकको जिम्मेवारी यो हुन्छ कि बच्चाको पढाईको समय निश्चित गर्नु । यसो गर्दा उनीहरुलाई पनि एक निश्चित समयमा पढ्नुपर्छ है भनेर थाहा हुन्छ । यसरी उनीहरु खेलसँगै पढाईमा पनि रुची लिन थाल्छन् । 

ठूलो स्वरमा पढ्ने बानी बसाल्नुहोस्ः

तपाईंहरु अगाडि हुँदा बच्चाले पढेको जस्तो गर्ने तर तपाईं उनीहरुभन्दा पर हुने बित्तिकै नपढ्ने बानी धेरै सन्तानको हुन्छ । यस्तो स्थितीमा तपाईंले आफ्ना सन्तानलाई ठूल्ठूलो स्वरमा आफ्नो पाठ पढ्न भन्न सक्नुहुन्छ । यसको एउटा फाइदा यो हुन्छ कि तपाईं अलि पर भएपनि बच्चाले पढे नपढेको तपाईंलाई थाहा हुन्छ । यसका लागि तपाईंले पनि बच्चाको कथा किताब वा उनीहरुकै किताबका केही अंश ठूलो आवाजमा पढेर सुनाउन सक्नुहुन्छ । यसो गर्दा उनीहरुको पढाईमा रुची जाग्नेछ । 

टिभी, गेमका लागि समय निश्चित गर्नुहोस्ः

तपाईंको बच्चालाई पढ्न मन नलाग्नुको विशेष कारण उनीहरु कि त खेल्न चाहन्छन् कि टिभी हेर्न । यस्तो बानीबाट छुटकारा पाउनका लागि तपाईं उनीहरुको गेम खेल्ने र टिभी हेर्ने समय निश्चित गर्न सक्नुहुन्छ । बच्चालाई धेरै टिभी हेर्दा आँखामा असर पुग्ने कुरा पनि बुझाउनुहोस्, उनीहरुकै भाषामा । यसो गर्दा उनीहरुको पढाई पनि प्रभावित हुँदैन । 

नयाँ कुरा सिक्न भन्नुहोस्ः

तपाईंको बच्चाको पढ्नमा मन लागिरहोस् भन्नका लागि तपाईं उनीहरुलाई चित्रकलाको सल्लाह दिन सक्नुहुन्छ । यदि उनीहरु पढ्न चाहँदैनन् भने यसलाई रुचिकर बनाउनका लागि उनीहरुलाई साथीसँथ ग्रुप स्टडी गर्न पनि भन्न सक्नुहुन्छ । तपाईं उनीहरुलाई नयाँ कुरा सिक्न प्रेरित पनि गर्न सक्नुहुन्छ । यसो गर्दा बच्चामा पढाईका लागि उत्साह रहनेछ र उनीहरुलाई पढ्न मन लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप