बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षसँगै फेरि चम्किन थाल्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा सर्किट

आइतबार, १९ पुस २०७७, १५ : २४
आइतबार, १९ पुस २०७७

काठमाडौं । नयाँ वर्ष सुरु भएसँगै सेयर बजारमा पुनः चमक आउन सुरु भएको छ । सन् २०२१ को पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४.२२ अंकले बढेको हो । कुल ८८.१२ प्रतिशतले बढेको परिसूचक आइतबारको अन्तिम कारोबारपछि २ हजार १ सय ७५ दशमलब ३९ विन्दुमा पुगेको छ । 

यो दिन कुल ६ अर्ब ३४ करोडको ४० लाख रुपैयाँ बराबरका शेयर खरिदबिक्री भएका छन् । कारोबारको सुरुदेखिनै तीव्र रुपले बढेको बजारमा कारोबार भएका १ सय ७४ कम्पनीमध्ये आइतबार १ सय ५२ कम्पनीको मूल्यमा बढोत्तरी भएको छ । १४ वटा कम्पनीको मूल्य घट्दा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । 

आइतबार सबै उपसूचकहरु बढे पनि सबैभन्दा बढी बढोत्तरी व्यापारमूलक क्षेत्रमा ९.६४ प्रतिशतले भएको छ । त्यस्तै, अन्य क्षेत्रका परिसूचक पनि ६.१४ प्रतिशतले बढेको छ । 
उच्च वृद्धिका बाबजुद यो दिन ५ वटा कम्पनीको मात्रै मूल्यमा सकारात्मकसर्किछ लागेका छ । हिकालयन डिस्टिलरी र साल्ट ट्रेडिङको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफको साधारण तथा संस्थापक शेयर दुवैको मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा बढी गिरावट गिरावट चाहिँ राधी जलविद्युत्को ४.२९ प्रतिशत बराबर भएको छ । १ महिनाअघि नै २ हजार विन्दु पार गरेको सेयर बजार यो अवधिमा स्थिरजस्तै थियो । नयाँ बर्ष सुरु भएपछि फेरि बजारले उच्च वृद्धि हासिल गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप