मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘निरंकुशता मुर्दाबाद’ को नाराबाजीबीच संसदमा विधेयक पारित (भिडियो)

सोमबार, ०९ असोज २०७४, १८ : ००
सोमबार, ०९ असोज २०७४

काठमाडौँ । संसदमा नाराबाजीका बीच दुईवटा विधेयक पारित भएको छ । 

सभामुख घर्तीले विधेयक निर्णयार्थ पेश गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसदहरुले भने संसद बैठकमा गणपुरक संख्या नभएको भन्दै आपत्ति जनाएका थिए । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदले गणपुरक संख्या नै नपुगी विधेयक पारित गरेर निरंकुश चरित्र देखाएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

सुवालले १३१ जना सांसद रहेकोमा सभामुखले त्यसलाई जबजस्र्ती १६२ पुर्यानएको आरोप लगाए । 

सभामुखले आपूहरुलाई नियमापत्ति राख्न नदिईपेलेर संसद चलाएको आरोप समेत लगाए । 

सुवालसँगै नेमकिपाकी सांसद अनुराधा थापामगरले पनि नाराबाजी गरेकी थिइन् ।

नाराबाजीकै बीचमा मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ पारित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप