शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिसो मौसममा तपाईंको ब्यूटी सिक्रेट बन्न सक्छ नरिवलको तेल, यी सात तरिकाले गर्न सक्नुहुन्छ प्रयोग

शुक्रबार, १७ पुस २०७७, ०९ : २३
शुक्रबार, १७ पुस २०७७

चिसो मौसम सुरु भइसकेको छ । यो मौसममा खानादेखि छाला र कपालसम्मको विशेष हेरविचार गर्नुपर्छ । त्यसैले नरिवलको तेल स्वास्थ्यका लागि फाइदाजनक त मानिन्छ नै यो सौन्दर्यको हिसाबले पनि निकै उत्कृष्ट छ । नरिवलको तेलको फाइदाबारे थाहा पाउनु भयो भने जाडोयाममा तपाईंले यसको प्रयोग पक्कै गर्नु हुनेछ । यो आफ्नो हाई फ्याटी एसिड र एन्टिब्याक्टेरियल गुणका कारण छाला र कपाललाई प्राकृतिक रुपमा नरम बनाउन सहयोग गर्छ । यति मात्रै होइन, घुम्रिएको कपाललाई सिधा बनाउन, मेकअप रिमुभ गर्नेजस्ता धेरै ब्युटी ह्याक्समा पनि प्रयोग गर्न सकिन्छ । आजकाल बजारमा नरिवलको तेलका पनि विभिन्न विकल्प पाइने गरिएको छ । तर नरिवलको तेल खरिद गर्ने बेला तपाईंले सिसाको लेभललाई पक्कै पढ्नुपर्छ र यसमा भर्जिन कोकोनट ओयलको मात्रा कति छ, यसमा कुनै प्रकारको सुगन्ध वा कति केमिकल मिसाइएको छ, ती जानकारी हेर्नुपर्छ । भर्जिन कोकोनट ओयल तपाईंको छालाका लागि पनि निकै फाइदाजनक हुन्छ किनभने यो प्राकृतिक रुपमा निकै शुद्ध हुन्छ । 

नरिवल तेल किन छ विशेष ?

नरिवलको तेल काँचो नरिवलबाट बनाइएको हुन्छ । योा चिसो मौसममा धेरैजसो जम्ने गर्छ, यदि मौसम गर्मी छ भने यो पग्लन्छ पनि । यसमा ४८–४९ प्रतिशत लरिक एसिड, १७.९ प्रतिशत मिरिस्टिक एसिड, ७.९ प्रतिशत क्यापिटिक एसिड, ८.०–८.१ प्रतिशत पामिटिक एसिड, ५.९–६.० प्रतिशत ओलिक एसिड (१.९–२.०) प्रतिशत लिनोलिक एसिड र (१.९–२.१) प्रतिशत स्टियरिक एसिड हुन्छ । जुन छालादेखि कपालसम्मका लागि निकै राम्रो मानिन्छ । यद्यपि, नरिवल तेलको अधिकांस हिस्सा बोसोको पनि हुन्छ । नरिवल तेलका अन्य फाइदा वा यसको सही प्रयोग के हुन्, यसबारे जानकारी लिऔं । 
चिसो मौसममा सात तरिकाले प्रयोग गर्न सकिन्छ नरिवलको तेलः

अनुहारका लागि मेकअप प्राइमरको रुपमाः

नरिवलको तेल अनुहारमा प्रयोगका लागि पनि फाइदाजनक हुनछ । यसमा अनुहारलाई हाइड्रेट गर्ने सबै गुण हुन्छ । त्यसैले त यो तेललाई अनुहारमा लगाउँदा छाला दिनभरी चम्किलो र नरम रहन्छ । नरिवलको तेल तपाईंको मेकअपका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर थाहा छ ? तपाईं मेकअप गर्नुअघि प्राइमर झैं नरिवलको तेलको प्रयोग गर्नुहोस् । यसले तपाईंको मेकअपलाई इभन देखाउनेछ साथै छालामा ग्लो पनि आउनेछ । 

मेकअप रिमुभरको रुपमाः

मेकअप हटाउनका लागि हामी महँगा प्रोडक्ट खरिद गर्छौं । यो प्रोडक्टले हाम्रो छालालाई पनि हानी पुर्याउँछ । यसले विभिन्न समस्या निम्त्याउँछ । तपाईं मेकअप हटाउनका लागि नरिवलको तेलको प्रयोग गर्नुहोस् । मनतातो नरिवलको तेलको मसाज गरेर अनुहारलाई ताजगी दिनुहोस् र मेकअप प्रोडक्टको साइडइफेक्टबाट पनि बच्नुहोस् । 

ओठ नरम बनाउनका लागिः

चिसो मौसम होस् वा गर्मी । हामीले ओठको अतिरिक्त केयर गर्नुपर्छ । यसका लागि तपाईं नरिवलको तेलले बनेको लिप बाम प्रयोग गर्नुहोस् । 

चमत्कारी असर कपालका लागिः

कपालको सही हेरविचारका लागि नरिवलको तेलभन्दा अरु राम्रो हुनै सक्दैन । नरिवलको तेलले कपालको रुखोपन समाप्त हुन्छ । कपालमा नरिवलको तेल लगाउनका लागि यसलाई मनतातो पार्नुहोस् र कपालको जरामा राम्रोसँग लगाउनुहोस् । 

नरिवलको तेल चाया हटाउनका लागिः

चिसो मौसममा चायाको समस्या साधारण मानिन्छ । यस्तोमा तपाईंले आफ्नो कपालको जरालाई हाइड्रेट राख्न आवश्यक छ । यसले कपाल रुखो हुनबाट जोगाउँछ । रुखोपनको समस्याबाट पार पाएपछि चायाको समस्या पनि समाप्त हुनेछ । तपाईं नुहाउनु एक घण्टा अघि नरिवलको तेलकोृ मसाज लिन सक्नुहुन्छ । 

नुहाउने र शेभिङका लागि फाइदाजनकः

नुहाएपछि नरिवलको तेलको मालिसले शरीरलाई नरम र मुलायम बनाउँछ । यति मात्रै होइन यदि नरिवलको तेलमा थोरै सिरे नुन मिसाउर नुहाउनु अघि मालिस गरे, मांसपेशीले आराम पाउँछ र शरीर सुन्निन कम हुन्छ । यसका साथै तपाईंले दाह्री काट्ने बेला नरिवलको तेल पक्कै लगाउनुहोस् । यसले छालालाई हाइड्रेशन पाउँछ । संवेदनशील छाला र कपालका लागि पनि यो उत्कृष्ट विकल्प हो । 

दाँतको चमकका लागिः

आफ्नो दाँत र गिजाबाट फोहोर हटाउन र थप चम्किलो बनाउनका लागि कम्तीमा १५–२० मिनेटसम्म आफ्नो दाँत र गिजाको मालिस नरिवलको तेलले गर्नुहोस् त्यसपछि कुल्ला गर्नुहोस् । 

यद्यपि, बजारमा आजकाल छाला र कपाललाई हाइड्रेट गर्नका लागि विभिन्न क्रिम, श्याम्पू र तेल उपलब्ध छ । तर नरिवलको तेल हरेक मौसमका लागि उत्कृष्ट केयरटेकरभन्दा कम छैन । नरिवलको तेलले तपाईंलाई विभिन्न समस्याबाट छुटकारा दिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप