बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो
बाबियाचौर । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । अक्करे भिरको बीचमा रहेको सडकमा निरन्तर सुख्खा पहिरो खस्दा मर्मतमा ढिलाइ भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए ।
गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । सडक खुलाउन नेपाली सेनाको रोहबरमा विस्फोटक पदार्थ प्रयोग गरेर विस्फोटन गरिएको थियो ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ तीर्थयात्रा, कागबेनीमा सोह्रश्राद्ध गर्न र मुस्ताङ भ्रमणमा जाने आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्नुका साथै मुस्ताङमा उत्पादित स्याउ, आलु, तरकारी र दशैँका लागि भेडाच्याङ्ग्रा बजारमा पठाउन समस्या भएको थियो । बर्षा रोकिएपछि पहिरो खस्ने क्रम कम भएको र सो ठाउँको सडक फराकिलो बनाएर नियमित सिधा यातायात सञ्चालनको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु