बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई महिनामा आठ अर्बका सावरी साधन भित्रिए

सोमबार, ०९ असोज २०७४, १४ : ४६
सोमबार, ०९ असोज २०७४

वीरगञ्ज - हिन्दूहरुको महान् चाड दशँै, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा भारतबाट रु आठ अर्ब मूल्य बराबरको भारतीय सावारी साधन नेपाल भित्र्याएका छन् । 

भारतीय सवारी साधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको करिब ३० प्रतिशत ती सवारी साधनबाट उठेको सो भन्सारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । 

कार्यालयका अनुुसार चालू आवको साउन र भदौमा भारतबाट रु दुई करोड सात लाख तीन हजारका ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजारका ६३ थान मिनी बस, रु २१ लाख बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजारका दुई हजार २८५ थान जिप, कार भ्यान, रु २७ करोड २५ लाख बराबरका २१८ थान डबल क्याप पिकअप तथा रु २० करोड १६ लाख बराबरका २८७ थान सिंगल क्याप पिकअप नेपाल भित्रिएको छ । 

यसैगरी, सोही अवधिमा भारतबाट रु २५ करोड ४६ लाख ४१ हजार बराबरका २८३ थान मिनी ट्रक, रु ४८ करोड ८७ लाख ४४ हजारका ६३४ थान बस तथा रु दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजारका ३५ हजार ८१४ थान विभिन्न कम्पनीका मोटरसाइकल नेपाल भित्रिएको छ । 

दशैँ, तिहार तथा छठमा विक्रेताले विभिन्न प्रकारका उपहार योजना राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट यति ठूलो परिमाणमा सवारी साधन नेपाल भित्रिएको हो । आव २०७३/७४ को साउन र भदौमा रु छ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका उक्त भन्सार कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप