बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गराउँन दोर्दी जलविद्युतले बोलायो साधारणसभा

बुधबार, १५ पुस २०७७, १३ : १५
बुधबार, १५ पुस २०७७

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आइपिओ निष्काशनको प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ ।  कम्पनीको साधारणासभा माघ ९ गते हुने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 

रेटिङ एजेन्सी इक्रा नेपालले दोर्दी खोला जलविद्युतको आइपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ । कति रकमको आइपीओ ल्याउने सो बारे स्पष्ट खुलाएको छैन । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा जुम मार्फत बिहान ११ बजे सुरु हुनेछ ।

नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लगिनेछ । आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप