शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा स्थानीय तहको निर्वाचनपछि दुईको हत्या

सोमबार, ०९ असोज २०७४, १४ : ४०
सोमबार, ०९ असोज २०७४

रौतहट । दुुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुई जनाको हत्या भएको छ । 

जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का नेपाली काँग्रेसका पराजित उम्मेदवारका छोराको गोली हानी हत्या भएको छ । वडा अध्यक्षका पराजित उम्मेदवार शेख सेराजका ३२ वर्षीय छोरा शेख स्वयव अक्बरको अज्ञात समूहले गएराति गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुुसार आज बिहान करिब ३।३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुई गोली हानेका थिए । 

घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्युु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको एसपी पाखरेलले जानकारी दिए । 

घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मृतकको शव परीक्षण भइसकेको प्रहरीले जनाएको छ । यसअघि कटहरिया नगरपालिका–३ बलुआ टोलका राजपा कार्यकर्ता रामपुकार यादवको हत्या भएको थियो । 

स्थानीय निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुुआ टोलमा चुुनावकै विषय लिएर नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्यु भएको थियो । 

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नपा–३ का नेपाली काँग्रेसका उम्मेदवार गौरीशङ्कर यादवका १८ वर्षीय छोरा भुटा राय यादव, काँग्रेस कार्यकर्ता अनुठा यादव र बैजुप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको छ । 

वडा अध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झण्डै दुईदर्जन मानिस बेपता भएका छन् । उक्त घटनामा पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप