मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

सोमबार, ०९ असोज २०७४, १३ : ३८
सोमबार, ०९ असोज २०७४

नुवाकोट । दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन् । 

व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । 

स्थानीयवासीका अनुसार खुद्रा सामग्रीको व्यापार गर्ने गरेका रेग्मी उधारो रकम उठाउन केही दिनअघि नुवाकोटमा आएका थिए । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । 

मोटरसाइकल चालकको मृत्यु
मोरङको उर्लाबारी–९ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१८प ५३२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय थिरप्रसाद सिग्देलको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिग्देलको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप