शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के पुरुषलाई पनि हुन्छ स्तनको क्यान्सर ? थाहा पाउनुहोस्, के हो लक्षण

मङ्गलबार, १४ पुस २०७७, १४ : ०२
मङ्गलबार, १४ पुस २०७७

स्तन क्यान्सर महिलाको रोग मानिन्छ तर धेरै कमलाई थाहा हुन्छ कि पुरुषलाई पनि स्तनको क्यान्सर हुन्छ । यद्यपि, महिलाको तुलनामा पुरुषमा यो रोग निकै कम पाइन्छ तर पनि केही वर्षमा यस्तो घटनामा वृद्धि भएको छ । पुरुषमा हुने स्तन क्यान्सरको विषयमा मानिसहरु जागरुक छैनन् । ध्यान नदिने भएकोले पुरुषलाई यो रोग निकै ढिला भइसकेपछि मात्रै थाहा हुन्छ । 

पुरुषमा स्तन क्यान्सरका कारणः

भारतका क्यान्सर विशेषज्ञ डाक्टर जगदिश सिन्देका अनुसार केही विशेष कारणले पुरुषमा स्तन क्यान्सरको खतरा बढ्ने गर्छ । जस्तै कि यदि कुनै पुरुषले आफ्नो छाती नजिकै रेडिएशन थेरेपी लिन्छन् भने स्तन क्यान्सरको सम्भावना बढ्छ । यसका साथै यदि कसैको परिवारमा स्तन क्यान्सरको समस्या छ भने उनीहरुमा पनि यो रोगको सम्भावना बढ्ने गर्छ । खराब जीवनशैली र केही जेनेटिक डिसअर्डरका कारण पनि पुरुषमा स्तन क्यान्सर हुनसक्छ ।

पुरुषमा स्तन क्यान्सरको लक्षणः

पुरुषमा स्तन क्यान्सरको मामिला ६० वर्ष माथिकामा विशेषगरी पाइएको छ । लक्षणबारे थाहा नहुने भएकोले यसको गम्भीर स्थिती देखिने गर्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई कुनै पनि पुरुषले नजरअन्दाज गर्नु हुँदैन । 

छातीमा गाँठो बन्नुः

यदि तपाईंको छातीमा गाँठो बनेको छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् । यो स्तन क्यान्सरको लक्षण हुनसक्छ । यो गाँठो स्तनको मुन्टो वरिपरि पनि हुनसक्छ । साधारणतया यस्ता गाँठो दुख्दैनन् तर छुँदा कडा हुन्छन् । क्यान्सर बढ्दै गएपछि यो गर्धनसम्म सुन्निने गर्छ । यद्यपि, धेरैजसो गाँठो क्यान्सरका लक्षण हुँदैनन् तरपनि यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस् । 

डण्डीफोरजस्तो घाउः

स्तन क्यान्सरको ट्युमर छालाबाट पनि निस्कन सक्छ । क्यान्सर बढेको स्थितीमा निप्पलमा घाउ देखिने सक्छ । यो घाउ एउटा पिम्पलजस्तै देखिन्छ । यसका साथै स्तन वरिपरि गाँठो देखिनु वा छातीको छालाको रङ परिवर्तन हुने लगायतका लक्षण पनि पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ । 

ट्युमर बढ्नुका साथै स्तनभित्र एक प्रकारको जकडिएको महसुस हुन्छ । यस्तोमा निप्पल भित्रतिर जान पनि सक्छ । निप्पल भएको हिस्सा वरिपरिको छाला रुखो हुनथाल्छ र बिमिरा पनि देखिन थाल्छ । 

निप्पल डिस्चार्जः

यदि तपाईंको शर्टमा कुनै गहिरो दाग देखिन्छ भने यसलाई बेवास्ता नगर्नुहोस् । यो निप्पल डिस्चार्जमा रगत पनि हुनसक्छ । निप्पल वरिपरिको छाला सुन्निनु र छाला निकै रुखो हुनेलगायतको समस्या देखिन थाल्छ । 

अन्य लक्षणः

यी लक्षणसहित सधैंभरी थाकेको महसुस हुनु, हड्डी दुख्नु, सास फर्ने समस्या हुनु, बिरामी भएको जस्तो महसुस गर्नु र छाला चिलाउने लगायतका लक्षण पनि देखिन सक्छ । यदि तपाईंलाई यी लक्षणमध्ये केही देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् । 

पुरुषमा स्तन क्यान्सरको लक्षण देखिएको खण्डमा त्यसको बायोप्सी गरिन्छ । यसमा छातीमा देखिएको गाँठोको एउटा टुक्रा निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ । परीक्षणमा गाँठो क्यान्सर हो कि होइन भनेर थाहा हुन्छ । यसका साथै क्यान्सरका केही अन्य परीक्षण पनि गरिन्छ ता कि यसको स्टेजबारे पत्ता लाग्न सकोस् । 

के हो उपचारः

स्तन क्यान्सरको उपचार पुरुष र महिला दुबैमा एकै प्रकारको हुन्छ । स्तन क्यान्सर हुँदा तीन प्रकारको उपचार गरिन्छ । पहिलो उपचारमा बिरामीको शल्यक्रिया गरेर छातीबाट गाँठो निकालिन्छ । दोस्रो तरिकामा बिरामीको किमोथेरापी गरिन्छ । यसमा औषधी मार्फत् क्यान्सरका कोसिकालाई नष्ट गरिन्छ । 

तेस्रो उपचार रेडिएशन थेरेपीमार्फत् गरिन्छ । यसमा हाई एनर्जी एक्स–रेज वा गामा–रेज रेडिएशनको माध्यमले क्यान्सरको उपचार गरिन्छ । डाक्टरका अनुसार हरेक व्यक्तिले यो थाहा पाउनुपर्छ कि महिलालाई मात्रै स्तन क्यान्सर हुँदैन । त्यसैले सबैले आफ्नो लक्षणमाथि ध्यान दिन आवश्यक छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप